logo

२०८३ साउन ४ सोमबार

‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक

‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक

1.1K
SHARES
‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक

कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ।



चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ। निर्देशक अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय रहेको छ।

यसअघि सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकको उच्च चासो बढाएको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जनका लागि होइन, सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि उभ्याउने सङ्केत गर्छ।

यसैबिच, चलचित्र ‘सोल्टिनी’को प्रमोसन अभियान अन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी–भैलो कार्यक्रममा सहभागी हुने भएको छ। पहिलो दिन कार्तिक २ गते झापाको दमक, दोस्रो दिन कार्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कार्तिक ४ गते कास्कीको पोखरा र चौथो दिन कार्तिक ५ गते काठमाडौंमा देउसी-भैलो आयोजना गरिएको ‘सोल्टिनी’का प्रोजेक्ट सुजन खतिवडाले बताए।

उनका अनुसार, यी कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रप्रति सकारात्मक ऊर्जा साट्ने र सांस्कृतिक वातावरणमा नेपाली चलचित्रको प्रचार गर्ने उद्देश्य रहेको छ।


आइतबार, ३ कार्तिक २०८२
सम्बन्धित समाचार
ताजा अपडेट
Go