logo

२०८३ असार ३२ बिहिबार

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ सम्पन्न, उपासना उत्कृष्ट अभिनेत्री र प्रदीप पपुलर अभिनेता

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ सम्पन्न, उपासना उत्कृष्ट अभिनेत्री र प्रदीप पपुलर अभिनेता

1.1K
SHARES
‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ सम्पन्न, उपासना उत्कृष्ट अभिनेत्री र प्रदीप पपुलर अभिनेता

लन्डनमा ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ सम्पन्न, उपासना उत्कृष्ट अभिनेत्री र प्रदीप पपुलर अभिनेता



इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट युकेको आयोजनामा लन्डनमा आयोजित ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने कलाकार, निर्देशक तथा प्राविधिकलाई अवार्ड तथा सम्मान गर्दै कार्यक्रम उत्साहपूर्ण माहोलमा सम्पन्न भएको हो।

यस वर्ष, फिल्म ‘खुस्मा’ मार्फत उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। त्यस्तै, फिल्म ‘पिताम्बर’ का नायक प्रदीप खड्का पपुलर अभिनेता घोषित भए ।

अवार्ड विजेता सूची

उत्कृष्ट फिल्म : छक्का पन्जा ५
निर्देशक: दीपाश्री निरौला (छक्का पन्जा ५)
अभिनेता: विजय बराल (पूर्णबहादुरको सारङ्गी)
अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
पटकथा: दीपकराज गिरी (छक्का पञ्जा ५)
सम्पादन: साहिल खान (द आउट ल : दफा २१९)
छायांकन: पुरुषोत्तम प्रधान (पिताम्बर)
खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)
सह अभिनेता: जीतु नेपाल (कर्साङ)
सह अभिनेत्री:
सृजना सुब्बा (अञ्जिला)
ऋचा घिमिरे (तेल भिसा)

नव अभिनेता: विवेक कर्माचार्य (वर एण्ड वधु)
नव अभिनेत्री: सृजना निङलेखु
द्वन्द्व निर्देशक: चुल्ठे काजी र श्री श्रेष्ठ
नृत्य निर्देशक: सुनिल श्रेष्ठ र गम्भीर विष्ट (छक्का पञ्जा ५)
गायिका: शान्ति श्री परियार – रुकुमै कोट (खुस्मा)
गायक: आशिष अविरल – रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
सङ्गीतकार: थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)
Special Mention Award

फिल्म: सतिदेवी
निर्देशक: कृषा चौलागाईं
Encouragement Award

अभिनेता: सुमन भन्डारी (द आउट ल : दफा २१९)
अभिनेत्री: दिव्या रायमाझी (पिताम्बर)
Popular Awards

अभिनेता: प्रदीप खड्का (पिताम्बर)
अभिनेत्री: स्वस्तिमा खड्का (बेहुली – फ्रम मेघौली)
Public Choice Awards

अभिनेता: दिपकराज गिरी (छक्का पञ्जा ५)
अभिनेत्री: नीता ढुंगाना (ह्रस्व दीर्घ)
Jury Awards

निर्देशक: मिलन चाम्स (अञ्जिला)
अभिनेता: महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्री: दीया मास्के (कर्साङ)
Comedy Actor of the Year: केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मान: केकी अधिकारी
ब्लकबस्टर Movie of the Year: पूर्णबहादुरको सारङ्गी
डायस्पोरा Movie Award: तेल भिसा
पर्फमर अफ दि एयर तेरिया गमर

अवार्ड समारोहमा नेपालबाट जान भएका उल्लेखनीय कलाका तथा निर्देशक, टेक्निसियन तथा यूकेस्थित नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो। इन्फा टिममा युके तर्फ उेश मोक्तान, आशिष पन्त, टंक भट्टराई, राज पाण्डे तथा नेपाल तर्फ सनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा, मनिष कार्कीको आयोजक मुलसमारोह कमिटि रहेको छ । गौरी मल्लको संयोजकत्वमा रमेश बुढाथोकी र करुण थापाको ३ सदस्यीय जुरी मण्डलले २०८१ साल आसार मसान्तपछि प्रदर्शनमा आएका फिल्महरु अवार्डमा प्रतिस्पर्धी भएका थिए ।

नेपाली फिल्म क्षेत्र तथा कलाकारहरुको अन्तरराष्ट्रिय बजार विस्तारहेतु, नेपाली फिल्मको पनि उत्कृष्ट अनि विश्वसनीय बनाउने उदेश्य सहित इन्फा अवार्ड आयजना हुँदै आएको छ । शर्मिला मल्ललाई लाई टाईम एचिभमेन्ट अवार्ड २०२५, देउराली ट्राभल्सको तर्फबाट प्रदान गरिएको थियो भने फुटबलर एन्जिला तुम्हाम्फे सु्ब्बा र कविता नेपालीलाई विशेष प्ररणा सम्मान प्रदान गरिएको थियो । अवार्ड शोलाई उत्कृष्ट बनाउन दिपकराज गिरि तथा दिपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे माग्नेबुढा तथा सितादेवी तिमिल्सिनाको कमेडी प्रस्तुतिसँगै तेरिया मगर, कविता नेपाली, समर्पण लामा, उषा उप्रेती एलिसा शर्माको डान्स तथा रिह्यान गिरिको गायन प्रस्तुति रहेको थियो ।

कार्यक्रमका मुख्य संयोजक मनिष कार्कीका अनुसार नेपालबाट 40 बढी फिल्मकर्मीहरु अवार्ड समारोहका लागि युके पुग्नु भएको थियो । अर्को बर्ष युकेमै इन्फा अवार्डको तेस्रा संस्करण आयोजना हुने हुने उनले जानकारी दिएका छन् ।


सोमबार, २ मंसिर २०८२
सम्बन्धित समाचार
Go