logo

२०८२ फाल्गुन २७ बुधबार

logo
  • बुधबार, २७ फाल्गुन २०८२
  • ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध

    ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध

    • kollywood_khabar
    • शुक्रबार, १ फाल्गुन २०८२
    169
    SHARES
    ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध

    चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो ।

    यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

    नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे ।

    “रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ,” कार्यकारी निर्माता बस्नेतले भने, “विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नु चएको छ । अब ‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।”

    कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए ।

    निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ ।

    ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गर्दैछन् ।

    चलचित्रमा अर्पण स्वयं र चलचित्र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छिन् । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल पनि रहेकी छिन् ।


    शुक्रबार, १ फाल्गुन २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go