logo

२०८२ फाल्गुन २७ बुधबार

logo
  • बुधबार, २७ फाल्गुन २०८२
  • ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु

    ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु

    • kollywood_khabar
    • शुक्रबार, १ फाल्गुन २०८२
    130
    SHARES
    ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु

    नेपालमा गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु हुँदैछ। नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो चलचित्रको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन्। आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो चलचित्र यस वर्ष सर्वाधिक मन पराइएको मध्ये एक हो।

    थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलिया वितरण गरेको ‘कुमारी’को अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिका सार्वजनिक भएका छन्। न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा ‘कुमारी’ रिलिज हुनेछ। यो बाहेक अन्य सहरहरूमा पनि क्रमशः चलचित्र रिलिज हुनेछन्।

    यस्तै, अस्ट्रेलियासँगै भोलिदेखि नै मध्यपूर्वका देशहरूमा पनि ‘कुमारी’ प्रदर्शन हुँदैछ। नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा चलचित्र रिलिज हुन लागेको हो।

    चलचित्रका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशहरूमा पनि दर्शकको माग उच्च रहेको बताएका छन्। उनले संयुक्त राज्य अमेरिका र क्यानडामा पनि चलचित्रको रिलिज छिट्टै हुने जानकारी दिए। अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत चलचित्र प्रदर्शन हुनेछ।

    दिनेश राउतको निर्देशन रहेको यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गरेका छन्। विकास सुवेदीको लेखन रहेको चलचित्रको गीत ‘डोको बुन्ने’ अहिले चर्चाको शिखरमा छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रले जीवनमा ठुलो समस्या भोगिरहेकी एक युवतीको कथासहितको प्रेम कथा बोकेको छ।


    शुक्रबार, १ फाल्गुन २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go