logo

२०८२ फाल्गुन २६ मंगलबार

logo
  • मंगलबार, २६ फाल्गुन २०८२
  • फ्रेन्डस् सिनेमाको तेस्रो शाखा विस्तार

    फ्रेन्डस् सिनेमाको तेस्रो शाखा विस्तार

    143
    SHARES
    फ्रेन्डस् सिनेमाको  तेस्रो शाखा विस्तार

    फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।

    इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो ।

    एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।

    “ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ,” तामाङले भने, “हामी सिनेमाको बजार विस्तार गर्नुपर्छ भन्छौँ, तर चलचित्र घर भने काठमाडौं र ठूलो सहरमा मात्रै केन्द्रित गर्छौं । बजार विस्तार गर्ने हो भने हरेक जिल्लामा सुविधासम्पन्न हल सञ्चालनमा आउनुपर्छ ।”

    उनले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।

    अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।


    आइतबार, ३ फाल्गुन २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go