logo

२०८३ साउन ५ मंगलबार

‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने

‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने

598
SHARES
‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने

चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।



चलचित्र ‘बाः एक योद्धा’ र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच सम्झौता भएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।

चलचित्रमा अभिनेत्री झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्तलगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा ‘बा ः एक योद्धा’को मुख्य कथानक हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।


आइतबार, ३ जेष्ठ २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go