logo

२०८३ साउन ५ मंगलबार

‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने

‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने

442
SHARES
‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने

बालबालिकाभित्र लुकेको अभिनय प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित सर्वनाम थिएटरले ‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।



प्रतियोगिता ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिनेछ। देशभरबाट प्राप्त आवेदनको मूल्याङ्कनपछि उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरिनेछन्। छनोट भएका बालप्रतिभाले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुत गर्दै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जनालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसका साथै उत्कृष्ट पाँच प्रतियोगीलाई सर्वनाम थिएटरले सञ्चालन गर्ने तीन महिनाको अभिनय प्रशिक्षण निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यो कार्यक्रम केवल प्रतियोगितामा सीमित नरही बालबालिकाको सिर्जनात्मक क्षमता विकास गर्ने र उनीहरूलाई व्यावसायिक रंगमञ्चसँग जोड्ने अभियानका रूपमा अघि बढाइएको हो। देशभरका विद्यालय, अभिभावक तथा स्थानीय समुदायको सहकार्यले प्रतियोगिताले अझ व्यापक प्रभाव पार्ने विश्वास पनि सर्वनाम थिएटरले व्यक्त गरेको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक बालबालिकाले आगामी अगस्ट १०, २०२६ भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आयोजकले देशभरका विद्यालय, सांस्कृतिक संस्था तथा अभिभावकलाई बालप्रतिभालाई यो अवसरको सदुपयोग गराउन आग्रह गरेको छ।

वि.सं. २०३९ (सन् १९८२) मा स्थापना भएको सर्वनाम थिएटर नेपाली रंगमञ्चको स्थापित संस्थामध्ये एक हो। चार दशकभन्दा लामो यात्रामा संस्थाले नाटक मञ्चन, अभिनय प्रशिक्षण तथा नयाँ कलाकार उत्पादनमार्फत नेपाली रंगमञ्चको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।


शुक्रबार, २६ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go