logo

२०८३ साउन ४ सोमबार

‘हली’ ले नयाँ भावनात्मक गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक

‘हली’ ले नयाँ भावनात्मक गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक

286
SHARES
‘हली’ ले नयाँ भावनात्मक गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक

साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ ले नयाँ भावनात्मक गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक गरेको छ। निर्देशक ओम प्रतीकको निर्देशनमा बनेको फिल्मको उक्त गीतले बाबुको साथ खोजिरहेकी एक छोरीको पीडा र भावनात्मक व्यथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।



गीतमा प्रमोद दीपको शब्द, अभि सुनारको संगीत र अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। गीतमार्फत कठिन परिस्थितिमा परेकी छोरीले बाबुलाई सम्झिँदै आफूलाई दुःखबाट मुक्त गरिदिन गरेको भावुक आग्रह चित्रण गरिएको छ।

यसअघि फिल्मको प्रचारात्मक गीत ‘चानस पाए त’ पनि सार्वजनिक भइसकेको छ। बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीतले युट्युबमा एक वर्षभित्र २६ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। गीतको भिडियोमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्। उनीहरू चलचित्रमा भने यही गीतमा मात्र देखिनेछन्।

छाउपडी प्रथा र किसानको जीवनसंघर्षलाई मुख्य विषय बनाइएको ‘हली’ मा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि फिल्मको मुख्य भूमिकामध्ये एकमा देखिएका छन्।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त निर्माणमा बनेको फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन्। अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्माताको रूपमा आबद्ध छन्। चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go