logo

२०८३ साउन ४ सोमबार

‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

442
SHARES
‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

नेपाली कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको घोषणा काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच गरिएको हो।



घोषणा कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक टोली तथा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र सफलताको शुभकामना व्यक्त गरेका थिए।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा निर्माता सापकोटाले रघुजी फिल्म्सले घोषणा गरेका अन्य परियोजनाहरू पनि यस चलचित्रपछि क्रमिक रूपमा निर्माणमा जाने जानकारी दिए।

चलचित्रका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामाले मेकअप तथा जीवन पोखरेलले भेषभूषा विभागको जिम्मेवारी निर्वाह गर्नेछन्।

कलाकारको सूचीमा गायक पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिना लगायतका कलाकार रहनेछन्।

निर्देशक अमरदीप सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण मनोरञ्जनात्मक कमेडी चलचित्र हुनेछ, जसले हाँसो, व्यंग्य र पारिवारिक कथालाई समेट्दै दर्शकलाई फरक स्वाद दिने प्रयास गर्नेछ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्ने भएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go