logo

२०८३ साउन २६ मंगलबार

‘मास्टर्नी’को प्रचार गीत विवाद थप चर्कियो, मन्त्रालयमा प्रतिबन्धको माग

‘मास्टर्नी’को प्रचार गीत विवाद थप चर्कियो, मन्त्रालयमा प्रतिबन्धको माग

351
SHARES
‘मास्टर्नी’को प्रचार गीत विवाद थप चर्कियो, मन्त्रालयमा प्रतिबन्धको माग

दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ गीतको विवाद थप गहिरिएको छ। गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै सूचना तथा सञ्चार मन्त्रालयमा औपचारिक निवेदन दर्ता गरिएको छ।



तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई ले शुक्रबार मन्त्रालयमा लिखित निवेदन बुझाएका हुन्। उनले गीतमा प्रयोग भएका शब्दले शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको सम्मानमा आँच पुर्‍याएको आरोप लगाएका छन्।

निवेदनमा गीतका शब्द अशोभनीय, अमर्यादित तथा सामाजिक संस्कृतिलाई नकारात्मक असर पार्ने खालका रहेको उल्लेख गर्दै यसको प्रसारण र प्रदर्शन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

यसअघि पनि उक्त गीतको विषयलाई लिएर नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति ले संयुक्त रूपमा असन्तुष्टि जनाएका थिए। दुवै संस्थाले विज्ञप्ति जारी गर्दै गीतले शिक्षण पेसाको गरिमामाथि गम्भीर चोट पुर्‍याएको दाबी गरेका छन्।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको पक्ष–विपक्षमा व्यापक बहस भइरहेको छ। विवाद बढ्दै जाँदा अब सम्बन्धित निकायले यस विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go