logo

२०८३ साउन ५ मंगलबार

गायिका एलिना चौहानको महिला फेसन स्टोर उद्घाटन

गायिका एलिना चौहानको महिला फेसन स्टोर उद्घाटन

  • Pradip
  • सोमबार, ४ साउन २०८३
117
SHARES
गायिका एलिना चौहानको महिला फेसन स्टोर उद्घाटन

चर्चित गायिका एलिना चौहानले संगीतसँगै व्यवसायिक यात्राको औपचारिक सुरुवात गरेकी छन् । काठमाडौंको नयाँ बानेश्वरमा करिब दुई करोड रुपैयाँको लगानीमा स्थापना गरिएको महिलाकेन्द्रित फेसन स्टोर ‘रमणी बाइ एलिना’ आज (साउन ४) देखि सञ्चालनमा आएको हो ।
स्टोरमा साडी, कुर्ता, लेहेँगा, चुरा, गहना, ब्याग, चप्पललगायत महिलालाई आवश्यक पर्ने विभिन्न परम्परागत फेसन तथा श्रृंगारका सामग्री उपलब्ध छन् । एलिनाले नेपाली महिलाको रोजाइ र परम्परागत पहिरनलाई प्राथमिकतामा राखेर स्टोर सञ्चालनमा ल्याइएको बताएकी छन् ।
गीत–संगीतबाट कमाएको रकमसँगै परिवार, आफन्त र साथीभाइको सहयोगमा व्यवसायमा लगानी गरेको उनले बताइन् । कलाकारिताको भविष्य सधैं एकनास नहुने भएकाले समयमै वैकल्पिक पेशा सुरु गर्ने सोचका साथ व्यवसायमा लागेको उनको भनाइ छ । आर्थिक अभावका कारण कठिनाइ भोगेका कलाकारका अनुभवले पनि आफूलाई व्यवसायतर्फ प्रेरित गरेको एलिनाले उल्लेख गरेकी छन् ।
यता, एलिना चौहान अहिले तीज विशेष गीत ‘नौरती फुली’ को प्रचारप्रसार र विभिन्न सांगीतिक कार्यक्रममा समेत व्यस्त रहेकी छन् ।




सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go