logo

२०८३ साउन २६ मंगलबार

‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ लाई प्रदान

‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ लाई प्रदान

442
SHARES
‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ लाई प्रदान

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को स्मृतिमा स्थापना गरिएको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ यस वर्ष पाँच स्रष्टालाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह मा सभामुख डोलप्रसाद अर्याल ले विभिन्न विधाका स्रष्टालाई सम्मान गरेका हुन् ।



यस वर्षको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ लाई प्रदान गरिएको छ । उक्त सम्मानसँगै उनलाई रु १ लाख नगद पुरस्कार पनि प्रदान गरिएको हो ।

त्यसैगरी, गीत रचनातर्फ डा. नवराज लम्साल, संगीत सिर्जनातर्फ किरण कँडेल र गायनतर्फ विमला राई लाई जनही रु १ लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । उदीयमान प्रतिभाको रूपमा सारिका घिमिरे ले रु ५० हजार राशिसहित ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्राप्त गरिन् ।

पुरस्कार ग्रहणपछि डा. नवराज लम्साल ले गीतलाई सभ्यताको अभिव्यक्ति र गीतकारलाई त्यसको बीजको संज्ञा दिँदै, आफ्ना सिर्जनालाई संगीत र स्वरमार्फत जीवन्त बनाइदिने संगीतकार तथा गायक–गायिकाप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा गुठीका सचिव तथा साहित्यकार दिनेश अधिकारी ले २०३९ सालदेखि नेपाली गीत–संगीतको विकासमा योगदान पुर्‍याउने गीतकार, संगीतकार र गायक–गायिकालाई निरन्तर सम्मान गर्दै आएको जानकारी दिए । गुठीका अनुसार हालसम्म ४० गीतकार, ३९ संगीतकार, ४१ गायक–गायिका र ४१ युवा प्रतिभा यस पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०४औँ जन्मजयन्ती को अवसरमा आयोजित समारोहमा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंह ले कविता वाचन गरेका थिए भने सम्मानित कलाकार विमला राई र सारिका घिमिरे ले सांगीतिक प्रस्तुति दिएका थिए । यसअघि नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, गोपाल योञ्जन, भक्तराज आचार्य, कृष्णहरि बराल, दिनेश अधिकारी र वसन्त चौधरी लगायतका विशिष्ट स्रष्टा पनि यही पुरस्कारबाट सम्मानित भइसकेका छन् ।


आइतबार, १० साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go