जितु नेपाल, प्रियना आचार्य र सुशील पोखरेलको मुख्य अभिनय रहेको नेपाली चलचित्र **‘कार्की साइँला’**को आधिकारिक टिजर सार्वजनिक गरिएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेलसँगै वीरेन्द्रसिंह कुशवाहा, मानशी शर्मा, मणिल तामाङ, डिप्सन लिम्बू, कमल देवकोटा, रोडा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा डम्बर राईले लेखेका हुन् भने पटकथा तथा संवाद शंकर धिताल र सविन अधिकारीले तयार पारेका छन् । चलचित्रका निर्माता बलकुमार राई र निर्भीक बञ्जारा तथा कार्यकारी निर्माता अनन्त राई रहेका छन् ।
चलचित्रमा ‘लाग्यौ परान’ बोलको गीतसमेत समावेश गरिएको छ । गीतमा विष्णु नेपाल नेपालीको शब्द, संकेत अगस्तीको संगीत तथा श्रेया अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ ।
डम्बर राईको छायांकन, नारायण गुरुङको सिनेमाटोग्राफी, सन्देश शाहको सम्पादन र सन्दीप दाङ्गीको सह–सम्पादन रहेको चलचित्रको कोरियोग्राफी कमल राईले गरेका छन् ।
कार्की साइँला’ असोज २ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd