logo

२०८३ भाद्र २८ आइतबार

साहित्य सन्ध्याद्वारा पाँच स्रष्टा तथा अभियानकर्मी सम्मानित

साहित्य सन्ध्याद्वारा पाँच स्रष्टा तथा अभियानकर्मी सम्मानित

  • kollywood 1
  • शनिबार, ६ भाद्र २०८३
442
SHARES
साहित्य सन्ध्याद्वारा पाँच स्रष्टा तथा अभियानकर्मी सम्मानित

काठमाडौँमा आयोजित कार्यक्रममा साहित्य सन्ध्याले वर्ष २०८२ का लागि विभिन्न विधामा योगदान पुर्‍याएका पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा साहित्यकार तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी र साहित्य सन्ध्याका अध्यक्ष राम विनयले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

दाङकी साहित्यकार डा. बिन्दु शर्मालाई २१ हजार १०० रुपैयाँ राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । यस्तै, ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले साहित्य सन्ध्या सहभागिता पुरस्कार पाएका छन् ।

सामाजिक रूपान्तरणकी अभियन्ता एवं जनप्रतिनिधि सान्नानी मिजारलाई साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नुवाकोटकी विद्यार्थी लक्ष्मी तामाङलाई साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सोलुखुम्बुका नियात्राकार गणेशप्रसाद खतिवडालाई साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

संस्थाका अनुसार पुरस्कार छनोटका लागि प्राध्यापक केशव सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । विसं २०३९ मा स्थापना भएको साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार कविगोष्ठी तथा वैचारिक परिचर्चा गर्दै स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।


शनिबार, ६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go