logo

२०८३ भाद्र २८ आइतबार

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई प्रिमियरमै ५ मिनेट लामो स्ट्यान्डिङ ओभेसन

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई प्रिमियरमै ५ मिनेट लामो स्ट्यान्डिङ ओभेसन

  • kollywood 1
  • बिहिबार, १८ भाद्र २०८३
338
SHARES
‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई प्रिमियरमै ५ मिनेट लामो स्ट्यान्डिङ ओभेसन

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार सुन्धारास्थित सिभिल मलमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका दर्शकले निर्माण टोलीलाई करिब ५ मिनेट लामो स्ट्यान्डिङ ओभेसन दिएका छन् ।

भोटेकोसी बाढी प्रभावितका लागि च्यारिटीसहित आयोजना गरिएको विशेष प्रिमियरबाट उठेको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ । फिल्मको कथावस्तु र प्रस्तुतिको दर्शकले प्रशंसा गरेका छन् ।

अविनाश विक्रम शाहको निर्देशनमा बनेको फिल्मले सीमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कथालाई जङ्गली हात्तीको बिम्बसँग जोडेर प्रस्तुत गरेको छ । फिल्मले यसअघि कान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै अवार्डसमेत जितिसकेको छ ।

फिल्मले जङ्गली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको जीवन, संघर्ष र सम्बन्धको कथा प्रस्तुत गर्छ । नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो ।

फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकाङ्क्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रिमियरमा अभिनेत्री मनिषा कोइराला, ऋचा शर्मा, उषा रजक, नाजिर हुसेन, दिव्य देव, निर्देशक नवीन सुब्बा, प्रदीप भट्टराई, दीपेन्द्र लामा तथा प्रतिनिधि सभा सदस्य विदुषी राणालगायत कलाकार, निर्देशक, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

प्रिमियरपछि सांसद विदुषी राणाले फिल्मले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिँदै यसको विषयवस्तु वर्तमान समयका लागि महत्वपूर्ण रहेको र सबैले हेर्नुपर्ने बताएकी छन् ।


बिहिबार, १८ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go