logo

२०८३ भाद्र २३ मंगलबार

‘पेन्सन पट्टा’लाई सेन्सर बोर्डको ‘यु’ सर्टिफिकेट

‘पेन्सन पट्टा’लाई सेन्सर बोर्डको ‘यु’ सर्टिफिकेट

  • kollywood 1
  • बिहिबार, १८ भाद्र २०८३
273
SHARES
‘पेन्सन पट्टा’लाई सेन्सर बोर्डको ‘यु’ सर्टिफिकेट

माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल अर्थात् ‘यु’ प्रमाणीकरण पाएको छ । यससँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ ।

२ घण्टा ८ मिनेट लामो फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सनलाई आधार बनाएर पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनाका विभिन्न पाटोलाई कथामा प्रस्तुत गरेको छ ।

लाहुरे जीवन बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुखसुविधासँग जोडिए पनि त्यसको पछाडि रहेका पारिवारिक उतारचढाव र भावनात्मक संघर्षलाई फिल्मले कथाको केन्द्रमा राखेको छ ।

निर्देशक माओत्से गुरुङका अनुसार गोर्खाली सेनाको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले सम्बन्धमा पार्ने प्रभावलाई फिल्ममा प्रस्तुत गरिएको छ । धनसम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग तथा आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उनको भनाइ छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन् ।


बिहिबार, १८ भाद्र २०८३
सम्बन्धित समाचार
Go