नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस विवरणअनुसार ‘गौँथली’ले हालसम्म करिब २६ करोड रुपैयाँको कुल व्यापार गरेको छ।
भदौ २८ गते आइतबार राति ११ः५९ बजेसम्मको विवरणअनुसार ‘गौँथली’ले २५ करोड ९३ लाख ७४ हजार ७५० रुपैयाँ २० पैसा कुल आम्दानी गरेको देखिएको छ। यही अवधिमा चलचित्र हेर्न ९ लाख ४० हजार ५६२ जना दर्शक हलसम्म पुगेका छन्।
चलचित्रको निर्देशन डा. कपिल रिजाल ले गरेका हुन्। लामो समयसम्म दर्शकको साथ पाउँदै आएको ‘गौँथली’ अहिले पनि बक्स अफिसमा उल्लेख्य कारोबार गर्ने चलचित्रका रूपमा देखिएको छ।
यता ‘पार्वती’ ले पनि बक्स अफिसमा दर्शकको राम्रो साथ पाएको छ। बोर्डको तथ्यांकअनुसार चलचित्रले उक्त अवधिसम्म २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ ८३ पैसा कुल व्यापार गरेको छ। चलचित्रका लागि ७३ हजार २२३ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
‘पार्वती’को निर्देशन अभिनेत्री निता ढुङ्गाना ले गरेकी हुन्। चलचित्रले प्रदर्शनका क्रममा दर्शकबाट पाएको प्रतिक्रियासँगै आफ्नो व्यापारलाई अघि बढाइरहेको देखिन्छ।
त्यस्तै, ‘एलिफेन्ट्स इन द फग’ ले भने हालसम्म ८५ लाख ९५ हजार ९१० रुपैयाँ कुल व्यापार गरेको छ। उपलब्ध तथ्यांकअनुसार चलचित्रलाई २४ हजार ४४८ जना दर्शक ले हेरेका छन्।
यस चलचित्रको निर्देशन अभिनाश विक्रम शाह ले गरेका हुन्।
बक्स अफिसको पछिल्लो तथ्यांकले एकै अवधिमा प्रदर्शनमा रहेका चलचित्रको व्यापारमा ठूलो अन्तर देखाएको छ। ‘गौँथली’ले २५ करोडभन्दा बढीको कारोबार गर्दै अग्रता कायम गर्दा ‘पार्वती’ र ‘एलिफेन्ट्स इन द फग’ भने क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd