नेपाली चलचित्र ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ। बुद्ध सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको चलचित्रले ६ दिनमै करिब ५५ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।
बिराज भट्टको निर्देशन तथा अभिनय रहेको चलचित्रमा समीर भट्ट, सनिशा भट्टराई, दिया मास्के, मुरलीधर, नरेन खड्कालगायत कलाकारको अभिनय छ। चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने सरस्वती भट्ट निर्माता हुन्।
एक्सनप्रधान चलचित्र ‘१२ गाउँ’ मा पारिवारिक कथा, द्वन्द्व र मनोरञ्जनलाई समेटिएको छ। हल प्रदर्शनका क्रममा दर्शकको ध्यान खिचेको चलचित्र युट्युबमा आएपछि पनि दर्शकको उत्साह देखिएको हो।
चलचित्रको संगीत अर्जुन पोखरेल र निरज सिंहले दिएका छन् भने गीतमा नकाश अजिज, शाहिद मल्ल्या र सञ्जीवनीको स्वर छ। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।
आधिकारिक रूपमा युट्युबमा सार्वजनिक गरिएको चलचित्रले छोटो समयमै हासिल गरेको उच्च भ्युजसँगै सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ। युट्युबमा दर्शकको बढ्दो प्रतिक्रियाले चलचित्रको डिजिटल यात्रालाई थप बलियो बनाएको देखिन्छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd