logo

२०८३ असोज १ बिहिबार

४०औँ दिनमा पनि ‘हनुमान अंश’को दबदबा, ठूला बजेटका फिल्मलाई उछिन्यो

४०औँ दिनमा पनि ‘हनुमान अंश’को दबदबा, ठूला बजेटका फिल्मलाई उछिन्यो

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
13
SHARES
४०औँ दिनमा पनि ‘हनुमान अंश’को दबदबा, ठूला बजेटका फिल्मलाई उछिन्यो

कम बजेटमा निर्माण भएको भारतीय फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा लगातार बलियो प्रदर्शन गर्दै नयाँ चर्चा पाएको छ। प्रदर्शनको ४०औँ दिनमा समेत फिल्मले सयौँ करोड बजेटमा बनेका चर्चित फिल्महरूको सोही दिनको कमाइलाई पछि पारेको दाबी गरिएको छ।

सैकनिल्कका अनुसार ‘हनुमान अंश’ले ४०औँ दिन भारतमा ८ करोड २५ लाख भारु नेट कमाएको छ। उक्त दिन फिल्मका ९ हजार १७५ शो चलेका थिए। यससँगै भारतमा फिल्मको कुल नेट कलेक्सन २३१ करोड १३ लाख भारु पुगेको बताइएको छ। भारतको ग्रस कलेक्सन २७२ करोड ९० लाख र विश्वव्यापी ग्रस कलेक्सन २९१ करोड ४० लाख भारु पुगेको दाबी गरिएको छ।

करिब २ करोड भारुको बजेटमा बनेको भनिएको फिल्मले दैनिक कमाइको हिसाबमा भने ठूला बजेटका फिल्मलाई समेत चुनौती दिएको छ।

४०औँ दिनको कमाइ तुलना गर्दा रणवीर सिंहको ‘धुरन्धर’ले २ करोड ६० लाख, शाहरुख खानको ‘पठान’ले २ करोड ५५ लाख र विक्की कौशलको ‘छावा’ले १ करोड ४० लाख भारु नेट कमाएका थिए।

त्यस्तै ‘उरी : द सर्जिकल स्ट्राइक’ले १ करोड ३८ लाख, ‘स्त्री २’ले १ करोड ३५ लाख, ‘धुरन्धर २ : द रिभेन्ज’ले १ करोड ५ लाख तथा ‘पुष्पा २ : द रुल’ले करिब ७५ लाख भारु कमाएको तथ्यांक उल्लेख गरिएको छ।

‘जवान’ र ‘दृश्यम २’को ४०औँ दिनको कमाइ क्रमशः ७४ लाख र ७० लाख भारु रहेको बताइएको छ।

यसरी चौधौँ दिन होइन, प्रदर्शनको ४०औँ दिनसम्म आइपुग्दा पनि दर्शकको चासो कायम रहनुले ‘हनुमान अंश’लाई कम बजेटमा बनेर ठूलो व्यावसायिक प्रभाव पार्ने फिल्मका रूपमा चर्चामा ल्याएको छ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go