logo

२०८३ असोज १ बिहिबार

‘पेन्सन पट्टा’को विदेश यात्रा सुरु, अस्ट्रेलियापछि स्पेनमा प्रदर्शन

‘पेन्सन पट्टा’को विदेश यात्रा सुरु, अस्ट्रेलियापछि स्पेनमा प्रदर्शन

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
13
SHARES
‘पेन्सन पट्टा’को विदेश यात्रा सुरु, अस्ट्रेलियापछि स्पेनमा प्रदर्शन

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले नेपालमा दर्शकको साथ पाएपछि अन्तर्राष्ट्रिय बजारतर्फ पनि यात्रा सुरु गर्ने भएको छ।

चलचित्रको विदेश प्रदर्शन अस्ट्रेलियाबाट सुरु हुँदैछ। अस्ट्रेलियाका विभिन्न सहरमा सेप्टेम्बर २१ देखि फिल्म प्रदर्शनमा आउने निर्देशक गुरुङले बताएका छन्। सिड्नी, एनएसडब्ल्यू र ब्रिस्बेनलगायतका सहरमा प्रदर्शनको तयारी गरिएको छ।

त्यसपछि स्पेनको बार्सिलोनामा सेप्टेम्बर २८ देखि चलचित्र प्रदर्शन हुनेछ। बार्सिलोनाको प्रदर्शन फ्रेन्डजी इन्टरटेनमेन्टले गर्ने जनाइएको छ भने अस्ट्रेलियामा द ब्याकअप इभेन्ट्स र डीबोइज इन्टरटेनमेन्टले जिम्मेवारी लिएका छन्।

लाहुरे जीवनसँग जोडिएको परिवार, प्रेम, सम्बन्ध, त्याग र मानवीय संवेदनालाई कथाको आधार बनाइएको ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पशुपति राईलगायत कलाकारको अभिनय छ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन्। डीबी गुरुङले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ। अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, युरोपका अन्य मुलुक तथा खाडी देशमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ। नेपालमा भने चलचित्रको वितरण आरआर फिल्मसले गरेको छ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go