logo

२०८३ असोज ४ आइतबार

‘जलाकी’को टिजरमा उपासना र सोनमको अधुरो प्रेमकथा

‘जलाकी’को टिजरमा उपासना र सोनमको अधुरो प्रेमकथा

  • kollywood 1
  • आइतबार, ४ असोज २०८३
39
SHARES
‘जलाकी’को टिजरमा उपासना र सोनमको अधुरो प्रेमकथा

अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजरले कलेज जीवनमा फुल्दै गरेको एकतर्फी प्रेमकथालाई केन्द्रमा राखेको संकेत गरेको छ ।

टिजरमा उपासनालाई कलेज जीवनमा अभिनेता सोनम तोप्देनप्रति आकर्षित भएको देखाइएको छ । सोनमप्रतिको उनको एकतर्फी प्रेम र त्यससँग जोडिएको भावनात्मक यात्रालाई टिजरमा प्रस्तुत गरिएको छ । यसले फिल्ममा अधुरो प्रेम र कलेज जीवनका सम्बन्धलाई प्रमुख विषय बनाइएको संकेत गर्छ ।

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी र खड्कबहादुर पुन लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा देखिँदैछन् ।

एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर, ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् ।

फिल्मको छायांकन शैलेन्द्र डी कार्कीले गरेका छन् भने सम्पादन अशोक थापा मगरको रहेको छ । संगीत सरित रयान र एसडी योगीले दिएका छन् । ‘जलाकी’ले कलेज जीवन, प्रेम र त्यससँग जोडिएका भावनात्मक उतारचढावलाई पर्दामा कस्तो ढंगले प्रस्तुत गर्छ भन्ने चासो बढेको छ ।


आइतबार, ४ असोज २०८३
सम्बन्धित समाचार
Go