logo

२०८३ असोज ४ आइतबार

‘जंग जित्नु छ’ भन्दै गर्जिए निखिल, ‘आचार्य’को ट्रेलरमा एक्सनको तुफा

‘जंग जित्नु छ’ भन्दै गर्जिए निखिल, ‘आचार्य’को ट्रेलरमा एक्सनको तुफा

  • kollywood 1
  • आइतबार, ४ असोज २०८३
39
SHARES
‘जंग जित्नु छ’ भन्दै गर्जिए निखिल, ‘आचार्य’को ट्रेलरमा एक्सनको तुफा

अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘आचार्य’को करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले फिल्ममा भरपुर एक्सन, द्वन्द्व र मनोरञ्जनको मिश्रण देखाएको छ ।

ट्रेलरमा निखिललाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई अझ विस्तार गर्दै ट्रेलरमा तीव्र द्वन्द्व, परिष्कृत एक्सन दृश्य र मनोरञ्जनात्मक प्रस्तुति समेटिएको छ । ट्रेलरले ‘आचार्य’लाई मूलतः एक्सनप्रधान फिल्मका रूपमा प्रस्तुत गरेको छ ।

‘भैरव’मार्फत एक्सन अभिनेताका रूपमा चर्चा कमाएका निखिलले ‘आचार्य’मा एक्सनको दायरा अझ फराकिलो बनाएको देखिन्छ । पछिल्लो समय नेपाली फिल्ममा कम देखिँदै गएको मास मनोरञ्जनको शैलीलाई पुनः दर्शकमाझ लैजाने प्रयास फिल्ममा गरिएको निर्माण पक्षको भनाइ छ ।

विदेशी फिल्मको प्रभाव बढिरहेको समयमा नेपाली बजेट, नेपाली कथा र नेपाली प्राविधिक तथा कलाकारको श्रमबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ निर्माण गरिएको निखिलले बताएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मले पनि विदेशी शैलीका मनोरञ्जनात्मक फिल्म बनाउन सक्ने धारणा राख्दै दर्शकलाई मनोरञ्जन दिन सके त्यसलाई आफ्नो जितका रूपमा लिने बताएका छन् । उनले आफूले हरेक फिल्ममा केही नयाँ प्रस्तुत गर्ने प्रयास गर्दै आएको र ‘आचार्य’मा पनि एक्सन तथा विषयवस्तुमा नयाँपन दिने प्रयास गरिएको बताए ।

फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ । पूर्णिका सिजापती र सजिना श्रेष्ठले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछन् ।

फिल्ममा दीपजङ्ग राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ ।

सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन् । बन्दे प्रसादले सम्पादन गरेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन् ।

मनोज राठीले नेपालमा फिल्म वितरण गर्नेछन् भने नेपालबाहिरको वितरण जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ । ओएसआर डिजिटल फिल्मको डिजिटल साझेदार रहेको छ ।

निखिलको एक्सन अवतारलाई केन्द्रमा राखिएको ‘आचार्य’ असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।


आइतबार, ४ असोज २०८३
सम्बन्धित समाचार
Go