logo

२०८३ असोज ६ मंगलबार

ट्रोलरलाई सलमानको कडा जवाफ, ‘बिग बोस’को मञ्चमै खोले टोपी र ज्याकेट

ट्रोलरलाई सलमानको कडा जवाफ, ‘बिग बोस’को मञ्चमै खोले टोपी र ज्याकेट

  • kollywood 1
  • सोमबार, ५ असोज २०८३
39
SHARES
ट्रोलरलाई सलमानको कडा जवाफ, ‘बिग बोस’को मञ्चमै खोले टोपी र ज्याकेट

बलिउड अभिनेता सलमान खान आफ्नो शारीरिक बनावटलाई लिएर भइरहेको अनलाइन ट्रोलिङप्रति आक्रोशित देखिएका छन् । ‘बिग बोस २०’ को आगामी ‘वीकेन्ड का वार’मा उनले आफूलाई लक्षित गर्दै भइरहेका टिप्पणीको जवाफ मञ्चबाटै दिएका हुन् ।

सार्वजनिक प्रोमोमा सलमानले पछिल्लो समय आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै सामाजिक सञ्जालमा ट्रोल गरिएको प्रसङ्ग उठाएका छन् । ट्रोलिङको विषयमा असन्तुष्टि जनाउँदै उनले ‘कर लो ना ट्रोल, ये लो’ भन्दै चुनौतीपूर्ण शैली प्रस्तुत गरेका छन् ।

त्यसपछि सलमानले कार्यक्रमको मञ्चमै आफ्नो टोपी र ज्याकेट उतारेका छन् । प्रोमोमा उनी प्रतिस्पर्धीहरूसँग समेत कडा रूपमा प्रस्तुत भएको देखिन्छ । उनको यो प्रस्तुतिले आगामी एपिसोडलाई लिएर दर्शकमाझ चासो बढाएको छ ।

‘बिग बोस २०’ गत सेप्टेम्बर ६ देखि प्रसारण भइरहेको छ । कार्यक्रम सुरु भएको केही समयमै घरभित्र दुई समूह स्पष्ट रूपमा विभाजित देखिएका छन् । पहिलो समूहमा कनिका मान, अरिश्फा खान, माही विज, अमन गान्धी, इशा रिखी, उदिति सिंह, गुल्लु र काजी तौकीर छन् ।

अर्को समूहमा यङ डीएसए, अम्रपाली दुबे, स्काउटओपी, रोहेद खान, लभ गिल, आसिफ खान र मेरी कोम रहेका छन् । घरभित्रको समूहगत समीकरणसँगै सलमानको ट्रोलिङसम्बन्धी प्रतिक्रियाले पनि आगामी एपिसोडलाई चर्चामा ल्याएको छ ।

चलचित्रतर्फ सलमान खान अब निर्देशक अपूर्व लाखियाको ‘मातृभूमि’मा देखिने तयारीमा छन् । यसअघि ‘बैटल अफ गलवान’ नाममा निर्माण भइरहेको उक्त चलचित्र अप्रिलमा प्रदर्शन गर्ने तयारी भए पनि मिति पछि सारिएको थियो । चलचित्रको नयाँ प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।


सोमबार, ५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go