logo

२०८३ असोज ६ मंगलबार

महिला र पुरुषको भूमिकामा कामेश्वर र लक्ष्मी, कात्तिक १३ मा आउँदै ‘परिवार’

महिला र पुरुषको भूमिकामा कामेश्वर र लक्ष्मी, कात्तिक १३ मा आउँदै ‘परिवार’

  • kollywood 1
  • सोमबार, ५ असोज २०८३
39
SHARES
महिला र पुरुषको भूमिकामा कामेश्वर र लक्ष्मी, कात्तिक १३ मा आउँदै ‘परिवार’

नेपाली फिल्म ‘परिवार’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १३ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरले भने फिल्मको विषयवस्तुलाई लिएर दर्शकको चासो बढाउने संकेत गरेको छ । पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई महिलाको अवतारमा देखाइएको छ भने अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ ।

‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने मूल भावमा तयार पारिएको फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन् । रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवासहित विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा प्रेम थापा र गणेश उपाध्यायले तयार पारेका हुन् । निरज कँडेलले छायांकन निर्देशन सम्हालेका छन् भने विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन रहेको छ । फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

निर्माणतर्फ रमेश शाही निर्माता, कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको भूमिकामा छन् । फिल्म निर्माणमा शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँग समेत सहकार्य गरिएको जनाइएको छ ।

पोस्टरमा कलाकारहरूको फरक अवतार प्रस्तुत गरिएपछि ‘परिवार’ले कथामार्फत कस्तो सम्बन्ध र परिस्थितिलाई पर्दामा उतार्न खोजेको हो भन्ने विषयमा पनि दर्शकको उत्सुकता बढेको छ । निर्माण पक्षले भने फिल्मलाई पारिवारिक सम्बन्ध र श्रीमान्–श्रीमतीबीचको उतारचढावलाई केन्द्रमा राखेर मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको जनाएको छ ।

फिल्म कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


सोमबार, ५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go