logo

२०८३ भाद्र २९ सोमबार

‘हन्टर’ को प्रदर्शन मिति घोषणा

‘हन्टर’ को प्रदर्शन मिति घोषणा

481
SHARES
‘हन्टर’ को प्रदर्शन मिति घोषणा

जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गते ‘सेप्टेम्बर २५’ बाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो ।

यस चलचित्रबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दै छन् ।

प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ ।

प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ ।

पोस्टरमा यो केवल सामान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल अर्थात् ‘हन्टर’ र ‘सिकार’ बीचको लडाइँ भएको प्रस्ट्याउँछ ।

पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको उग्रताभन्दा बिल्कुलै फरक दृश्य छ । जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ । यसले के बुझाउँछ भने चलचित्रमा जति कडा एक्सन छ, त्यति नै गहिरो प्रेम कथा पनि बुनिएको छ । सायद, यही प्रेम नै पछि गएर ठूलो द्वन्द्वको कारण बन्ने देखिन्छ ।

चलचित्रका लेखन तनिर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।

‘हन्टर’ को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।

चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ ।

निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो चलचित्रले ‘मास अडियन्स’ लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । एक्सन, इमोसन र ड्रामाको समिश्रण रहेको ‘हन्टर’ ले पोस्टरमार्फत जुन खालको ‘हाइप’ सिर्जना गरेको छ, त्यसले फिल्म क्षेत्रमा सकारात्मक चर्चा सुरु गराएको छ ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।


शुक्रबार, १२ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go