प्रधानमन्त्री बालेन शाहले कान्स फिल्म फेस्टिभलमा पुरस्कार जितिसकेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई अन्तर्राष्ट्रिय स्तरमा प्राप्त उपलब्धिका लागि बधाइ दिएका छन्।
नेपालबाट अस्कर अवार्डका लागि सिफारिस हुनुका साथै एसिया प्यासिफिक स्क्रिन अवार्डका विभिन्न विधामा मनोनयनमा परेको फिल्मलाई बधाइ दिँदै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका हुन्।
उनले फिल्मको अस्कर सिफारिस र एसिया प्यासिफिक स्क्रिन अवार्डको मनोनयनसम्बन्धी ग्राफिक्स सेयर गर्दै लेखेका छन्, ‘हलमा दोस्रो हप्तामा लाग्दैछ है।’
अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ यसअघि फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भइसकेको छ। चलचित्रको अन्तर्राष्ट्रिय सफलतालाई सरकारले समेत सम्मान गर्दै नगद पुरस्कार प्रदान गरिसकेको छ।
यसैगरी, फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेता गरी तीन विधामा मनोनयनमा परेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd