logo

२०८३ भाद्र २७ शनिबार

विवाहअघि नै भावी श्रीमतीलाई कुशल बिष्टको रमाइलो सर्त

विवाहअघि नै भावी श्रीमतीलाई कुशल बिष्टको रमाइलो सर्त

  • kollywood 1
  • शनिबार, २७ भाद्र २०८३
13
SHARES
विवाहअघि नै भावी श्रीमतीलाई कुशल बिष्टको रमाइलो सर्त

चलचित्र ‘झिँगेदाउ २’ प्रदर्शनको तयारीमा रहेका अभिनेता कुशल बिष्टले आफ्नो विवाह र भावी जीवनसाथीबारे रमाइलो धारणा सार्वजनिक गरेका छन्।

चलचित्रको प्रचारका क्रममा बिष्टले आफूले अहिलेसम्म विवाह नगरेको बताउँदै आफू र आमालाई बुझ्ने जीवनसाथीको खोजीमा रहेको बताए। उनले भविष्यमा विवाह गर्ने जीवनसाथीलाई भने ‘झिँगेदाउ २’ हेर्न लगाउने मजाकसमेत गरे।

चलचित्रमा पारिवारिक सम्बन्ध, दाजुभाइबीचको मनमुटाव तथा आमा–बुहारीबीचको सम्बन्धलाई हास्य र भावनात्मक ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ। पर्दामा देखाइने झगडा वास्तविक जीवनमा नदोहोरियोस् भन्ने चाहना पनि उनले व्यक्त गरे।

बिष्टका अनुसार ‘झिँगेदाउ २’ पहिलो भागकै कथालाई निरन्तरता दिँदै अघि बढ्छ। पहिलो भागमा परिवारबाट टाढिएकी आमालाई दोस्रो भागमा परिवारका सदस्यहरूले खोज्ने कथाले प्रमुख स्थान पाएको छ।

चलचित्रमा अधिकांश पुराना कलाकार दोहोरिएका छन् भने केही भूमिकामा कलाकार परिवर्तन गरिएको छ। बिष्टले नयाँ सहकर्मीसँग काम गर्दा पनि छायांकन सुरु भएपछि पुरानै आत्मीयता महसुस भएको बताए।

‘झिँगेदाउ २’ असोज २ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। पहिलो भागलाई दर्शकले दिएको मायाका कारण दोस्रो भागप्रति आफूहरू उत्साहित रहेको बिष्टले बताएका छन्। उनले दर्शकलाई परिवारसहित हलमा पुगेर चलचित्र हेर्न आग्रह गरेका छन्।


शनिबार, २७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go