logo

२०८३ साउन ६ बुधबार

विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट वैवाहिक बन्धनमा बाँधिए

विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट वैवाहिक बन्धनमा बाँधिए

52
SHARES
विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट  वैवाहिक बन्धनमा बाँधिए

विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी थेआ बुइसनसँग निजी समारोहबीच विवाह गरेका हुन्।



दक्षिण अफ्रिकी गेमर, लेखिका तथा कन्टेन्ट क्रिएटरका रूपमा परिचित थेआसँगको विवाहपछि मिस्टर बिस्टले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै खुसी साटेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विवाह बेलायती भर्जिन टापुस्थित व्यवसायी रिचर्ड ब्रान्सनको निजी नेकर आइल्याण्डमा सम्पन्न भएको थियो। करिब एक सातासम्म चलेको समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू गरी करिब ७० जना मात्रै सहभागी थिए।

समारोहलाई पूर्ण रूपमा गोप्य राखिएको थियो। विवाहको कुनै पनि भाग प्रत्यक्ष प्रसारण गरिएन, न त युट्युब सामग्रीका लागि भिडियो नै खिचियो। केवल सम्झनाका लागि एक जना व्यावसायिक विवाह फोटोग्राफरलाई मात्र तस्वीर खिच्ने जिम्मा दिइएको बताइएको छ।

मिस्टर बिस्ट र थेआको पहिलो भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा भएको थियो। त्यहीँबाट सुरु भएको उनीहरूको प्रेम सम्बन्धले सन् २०२४ को क्रिसमसमा विवाह प्रस्तावपछि औपचारिक रूप लिएको थियो।

उल्लेखनीय रूपमा, मिस्टर बिस्ट सन् २०२३ को अन्त्यतिर नेपाल भ्रमणमा समेत आएका थिए।


बुधबार, ६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go