logo

२०८३ साउन ६ बुधबार

कलाकार नारद खतिवडासहित तीन जना पक्राउ, ठगी आरोप

कलाकार नारद खतिवडासहित तीन जना पक्राउ, ठगी आरोप

  • Pradip
  • बुधबार, ६ साउन २०८३
130
SHARES
कलाकार नारद खतिवडासहित तीन जना पक्राउ, ठगी आरोप

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भई हाल बुद्धनगर बस्दै आएका ५२ वर्षीय खतिवडा, उदयपुर कटारी–७ का ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का ५९ वर्षीय गोपालकुमार गुरुङ छन्।
प्रहरीका अनुसार असार १२ गते सानेपाबाट पक्राउ परेका नौ चिनियाँ नागरिकलाई छुटाइदिने र अध्यागमन विभागमा रहेका थप १५ वटा राहदानीसमेत झिकाइदिने भन्दै ७२ लाख रुपैयाँमा सौदाबाजी गरिएको थियो। उनीहरूले चिनियाँ नागरिकबाट नौ लाख रुपैयाँ लिइसकेको आरोप छ। थप अनुसन्धान तथा कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।




बुधबार, ६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go