logo

२०८३ भाद्र २९ सोमबार

‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक

‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक

351
SHARES
‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक

मार्भल स्टुडियोले बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक गर्दै प्रशंसकको उत्साहलाई नयाँ उचाइमा पुर्‍याएको छ। करिब २ मिनेट २५ सेकेन्ड लामो ट्रेलरमा पहिलो पटक रबर्ट डाउनी जुनियर सुपरभिलेन डाक्टर डुमको भूमिकामा देखिएका छन्। ट्रेलरले डुमको आगमनसँगै सुपरहिरोहरूको संसारमा फैलिएको भय र आसन्न संकटको झल्को पनि दिएको छ।

सन् २०२६ मा रिलिज हुने यो फिल्ममा स्टिभ रोजर्स (क्याप्टेन अमेरिका) को पुनरागमन पनि देखाइएको छ। ट्रेलरमा क्रिस इभान्स थोरको प्रसिद्ध हथौडा म्जोल्निर समातेको दृश्य समावेश छ, जसले दर्शकमाझ थप उत्सुकता बढाएको छ। साथै, तीन फरक मार्भल युनिभर्सबीचको भिडन्त र एमसीयूको अहिलेसम्मकै विशाल युद्ध सुरु हुने संकेत ट्रेलरले दिएको छ।

ट्रेलरको सुरुआत हरियो हुड र धातुले ढाकिएको मुखसहित डाक्टर डुमको रहस्यमय उपस्थितिबाट हुन्छ। उनी मल्टिभर्समाथि आक्रमणको तयारीमा देखिन्छन् भने त्यसपछि प्रोफेसर जेभियर एक्स–मेनको भवनबाट बाहिर हेर्दै आकाशमा चम्किएको अस्वाभाविक प्रकाशले ठूलो संकट नजिकिँदै गरेको संकेत गर्छ।

ट्रेलरको सुरुमै प्रोफेसर जेभियरको संवादले कथाको गम्भीरता झन् प्रस्ट पार्छ। उनी भन्छन्, “केही हुन लागेको छ। यस्तो केही, जसलाई रोक्न असम्भव छ। आज सूर्य अस्ताउनुअघि हामीले त्यो निर्णय गर्नुपर्छ, जुन अहिलेसम्म गरेका छैनौं।” यही संवादले आगामी फिल्मले मार्भलका विभिन्न संसारलाई एउटै निर्णायक युद्धमा जोड्ने संकेत दिएको छ।


आइतबार, १० साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go