मिथिलाको कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई देश तथा विदेशसम्म चिनाउने उद्देश्यले आयोजना गरिएको ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’मा मोरङको पथरी शनिश्चरेकी पूर्णिमा देव सहभागी भएकी छन् । प्रतियोगितामा उनले मोरङको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेकी छन् ।
पथरी शनिश्चरे नगरपालिका–६ की देव हाल काठमाडौंमा अध्ययनरत छिन् । अध्ययनसँगै सामाजिक न्याय, युवा सशक्तीकरण तथा विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी उनले आफ्नो सहभागितालाई सौन्दर्य प्रतियोगिताका रूपमा मात्र नभई मिथिलाको संस्कृति, पहिचान र मौलिकतालाई प्रवर्द्धन गर्ने अवसरका रूपमा लिएको बताएकी छन् ।
मिथिलाको कला, संस्कृति, भेषभूषा तथा परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउने र यसको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगितामा सहभागी भएको देवको भनाइ छ । प्रतियोगितामार्फत आफ्नो क्षमता प्रस्तुत गर्दै मोरङको प्रतिनिधित्वलाई समेत प्रभावकारी बनाउने उनको लक्ष्य रहेको छ ।
प्रतियोगितामा कन्टेस्टेन्ट नम्बर ४ बाट प्रतिस्पर्धा गरिरहेकी पूर्णिमा देवले आफूलाई विजयी बनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसँग सहयोग र भोटका लागि अपिल गरेकी छन् । उनले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न दर्शक तथा शुभेच्छुकको साथ र समर्थन महत्वपूर्ण हुने बताएकी छन् ।
देवलाई भोट गर्न आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी कन्टेस्टेन्ट नम्बर ४ छनोट गरेर ईसेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । उनले आफ्नो सहभागितालाई सफल बनाउन सबै नेपालीले भोटमार्फत साथ दिन आग्रह गरेकी छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd