logo

२०८३ भाद्र २३ मंगलबार

‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’मा पथरी शनिश्चरेकी पूर्णिमा देव, प्रतियोगिता जिताउन भोटको अपिल

‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’मा पथरी शनिश्चरेकी पूर्णिमा देव, प्रतियोगिता जिताउन भोटको अपिल

  • kollywood 1
  • मंगलबार, १९ साउन २०८३
494
SHARES
‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’मा पथरी शनिश्चरेकी पूर्णिमा देव, प्रतियोगिता जिताउन भोटको अपिल

मिथिलाको कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई देश तथा विदेशसम्म चिनाउने उद्देश्यले आयोजना गरिएको ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’मा मोरङको पथरी शनिश्चरेकी पूर्णिमा देव सहभागी भएकी छन् । प्रतियोगितामा उनले मोरङको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेकी छन् ।

पथरी शनिश्चरे नगरपालिका–६ की देव हाल काठमाडौंमा अध्ययनरत छिन् । अध्ययनसँगै सामाजिक न्याय, युवा सशक्तीकरण तथा विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी उनले आफ्नो सहभागितालाई सौन्दर्य प्रतियोगिताका रूपमा मात्र नभई मिथिलाको संस्कृति, पहिचान र मौलिकतालाई प्रवर्द्धन गर्ने अवसरका रूपमा लिएको बताएकी छन् ।

मिथिलाको कला, संस्कृति, भेषभूषा तथा परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउने र यसको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगितामा सहभागी भएको देवको भनाइ छ । प्रतियोगितामार्फत आफ्नो क्षमता प्रस्तुत गर्दै मोरङको प्रतिनिधित्वलाई समेत प्रभावकारी बनाउने उनको लक्ष्य रहेको छ ।

प्रतियोगितामा कन्टेस्टेन्ट नम्बर ४ बाट प्रतिस्पर्धा गरिरहेकी पूर्णिमा देवले आफूलाई विजयी बनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसँग सहयोग र भोटका लागि अपिल गरेकी छन् । उनले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न दर्शक तथा शुभेच्छुकको साथ र समर्थन महत्वपूर्ण हुने बताएकी छन् ।

देवलाई भोट गर्न आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी कन्टेस्टेन्ट नम्बर ४ छनोट गरेर ईसेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । उनले आफ्नो सहभागितालाई सफल बनाउन सबै नेपालीले भोटमार्फत साथ दिन आग्रह गरेकी छन् ।


मंगलबार, १९ साउन २०८३
सम्बन्धित समाचार
Go