logo

२०८३ कार्तिक ७ शुक्रबार

‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने

‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने

221
SHARES
‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बेहुली’ को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित विशेष कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशको असहज परिस्थितिलाई ध्यानमा राख्दै चलचित्रको प्रचारात्मक गतिविधि केही समय रोकिएको थियो। अवस्था क्रमशः सहज बन्दै गएपछि निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै प्रचार अभियानलाई पुनः निरन्तरता दिएको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण घोषणा गरे। चलचित्रले बक्स अफिसबाट गर्ने कुल आम्दानीमध्ये निर्माताको हिस्सामा आउने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढीपीडितका लागि उपलब्ध गराउने उनले घोषणा गरेका छन्।

चलचित्रको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र विभिन्न सामाजिक परिस्थितिलाई कथाको केन्द्रमा राखिएको देखिन्छ। विशेषगरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्धलाई ट्रेलरमा प्राथमिकताका साथ देखाइएको छ।

यस्तै, अभिनेता सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत भएका छन्। कमेडियन पदम तामाङको हास्य प्रस्तुति तथा सन्तोष बानियाँको फरक र प्रभावशाली चरित्रले पनि ट्रेलरमा दर्शकको ध्यान तान्ने देखिन्छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को संयुक्त प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन्।

नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको चलचित्रको लाइन प्रोडक्सन कोसिस राज क्षेत्री र सम्राट क्षेत्रीले सम्हालेका छन्।

चलचित्रको काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछ। यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ।


आइतबार, २१ भाद्र २०८३
सम्बन्धित समाचार
Go