logo

२०८३ कार्तिक ९ आइतबार

कबड्डी ५’ दशैंको अवसरमा प्रदर्शनमा आउने

कबड्डी ५’ दशैंको अवसरमा प्रदर्शनमा आउने

273
SHARES
कबड्डी ५’ दशैंको अवसरमा प्रदर्शनमा आउने

नेपाली फिल्म क्षेत्रमा लोकप्रिय फ्रेन्चाइजका रूपमा स्थापित ‘कबड्डी’को पाँचौँ श्रृंखला ‘कबड्डी ५’ दशैंको अवसरमा प्रदर्शनमा आउने भएको छ।

निर्माता कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते अर्थात् अक्टोबर २३ बाट फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो। यो मिति दशैंको टीकाको दुई दिनपछि पर्ने द्वादशी हो।

दशैं लक्षित गर्दै यसअघि नै ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ ले असोज ३० गतेदेखि प्रदर्शनको मिति तय गरिसकेका छन्। यी फिल्म प्रदर्शनमा आएको एक सातापछि ‘कबड्डी ५’ पनि हलमा आउने भएपछि दशैंको समयमा नेपाली फिल्मबीच प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

फिल्मको सार्वजनिक फर्स्टलुकमा काजीको भूमिकामा दयाहाङ राई, बिकेको भूमिकामा विजय बराल र छन्त्यालको भूमिकामा बुद्धि तामाङलाई देखाइएको छ। पोस्टरमा दयाहाङको हातमा क्रिकेट ब्याट रहेको छ भने विजय बराल र बुद्धि तामाङको प्रस्तुतीले कथामा नयाँ परिस्थितिको संकेत गरेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको ‘कबड्डी ५’ मा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको निर्माण रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले गरेका हुन्।


शनिबार, ३ असोज २०८३
सम्बन्धित समाचार
Go