logo

२०८३ कार्तिक ७ शुक्रबार

‘बेहुली’ प्रदर्शनको तेस्रो हप्तामा प्रवेश

‘बेहुली’ प्रदर्शनको तेस्रो हप्तामा प्रवेश

195
SHARES
‘बेहुली’ प्रदर्शनको तेस्रो हप्तामा प्रवेश

दर्शकको निरन्तर साथ पाउँदै चलचित्र ‘बेहुली’ प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो र दोस्रो हप्तामा उत्साहजनक व्यापार गरेको चलचित्रले हालसम्म करिब तीन करोड रुपैयाँको कारोबार गरेको निर्माण पक्षले जनाएको छ ।

प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार रिलिजको सुरुवातदेखि नै ‘बेहुली’ले देशभरका हलमा दर्शकको राम्रो उपस्थिति पाउँदै आएको छ । पहिलो साताको बलियो प्रदर्शनलाई दोस्रो सातामा पनि निरन्तरता दिएको चलचित्रले तेस्रो हप्तामा समेत आफ्नो प्रदर्शन कायम राखेको हो ।

चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीले विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । उनीहरूको हल भ्रमणले प्रदर्शनमा थप उत्साह थपेको निर्माण पक्षको दाबी छ । कलाकारसँगको भेटका क्रममा दर्शकबाट प्राप्त प्रतिक्रियाले चलचित्रप्रतिको चासो र रुचि निरन्तर रहेको संकेत गरेको निर्माण पक्षले जनाएको छ ।

पारिवारिक सम्बन्ध, युवा पुस्ताको सोच र नेपाली समाजका भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखिएको ‘बेहुली’लाई दर्शकले मनोरञ्जनसँगै भावनात्मक कथाका रूपमा लिएका छन् । चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ ।

माधव शर्माको लेखन तथा सशान कँडेलको निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् । प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता छन् ।

नेपालमा निरन्तर प्रदर्शन भइरहेको ‘बेहुली’को विदेश प्रदर्शन पनि विस्तार भएको छ । चलचित्र अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा समेत प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ ।


शुक्रबार, ९ असोज २०८३
सम्बन्धित समाचार
Go