logo

२०८३ कार्तिक ९ आइतबार

खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’लाई लिएर उत्पन्न विवाद सहमतिमा

खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’लाई लिएर उत्पन्न विवाद सहमतिमा

429
SHARES
खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’लाई लिएर उत्पन्न विवाद सहमतिमा

लोकगायक खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’लाई लिएर उत्पन्न विवाद सहमतिमा टुंगिएको छ । गीतलाई लिएर परेको उजुरीमाथि साइबर ब्यूरोमा दुई दिनसम्म चलेको छलफलपछि उजुरीकर्ता र सेन्चुरीबीच लिखित सहमति भएको हो ।

सहमति अनुसार गीतमा विवादित बनेका शब्द हटाइनेछ । साथै, पूजा गर्ने क्रममा ब्राह्मणले खाएको दृश्यलाई ब्लर गर्ने र गीतको शीर्षकसमेत परिवर्तन गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ब्राह्मण समुदायलाई होच्याउने तथा मानमर्दन गर्ने खालको सामग्री गीतमा रहेको दाबी गर्दै त्यसलाई तत्काल बन्द गर्नुपर्ने मागसहित साइबर ब्यूरोमा उजुरी परेको थियो ।

उजुरी परेपछि प्रहरीले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । मंगलबारको वार्ताबाट निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गरिएको थियो । दोस्रो दिनको वार्तापछि भने गीतमा आवश्यक परिमार्जन गर्ने विषयमा दुवै पक्षबीच सहमति जुटेको हो ।


बुधबार, १४ असोज २०८३
सम्बन्धित समाचार
Go