logo

२०८३ कार्तिक ७ शुक्रबार

तपस्या सिरियल असोज २४ देखि : न्यून २४ टेलिभिजन र ई २४ युट्युब च्यानलबाट हेर्न सकिने

तपस्या सिरियल असोज २४ देखि : न्यून २४ टेलिभिजन र ई २४ युट्युब च्यानलबाट हेर्न सकिने

  • kollywood 1
  • शुक्रबार, १६ असोज २०८३
351
SHARES
तपस्या सिरियल असोज २४ देखि : न्यून २४ टेलिभिजन र ई २४ युट्युब च्यानलबाट हेर्न सकिने

सामाजिक तथा पारिवारिक कथामा आधारित नेपाली सिरियल ‘तपस्या’ आगामी असोज २४ गतेदेखि प्रसारणमा आउने भएको छ ।

‘तपस्या : संघर्ष र सम्बन्धको परीक्षा’ भन्ने भावसहित निर्माण गरिएको सिरियलमा पारिवारिक सम्बन्ध, प्रेम, जिम्मेवारी, संघर्ष तथा जीवनका विभिन्न उतारचढावलाई कथामार्फत प्रस्तुत गरिएको छ । सामाजिक परिवेशमा आधारित सिरियलले परिवारभित्रका सम्बन्ध, मानवीय भावना र जीवनमा आइपर्ने विभिन्न परिस्थितिलाई केन्द्रमा राखेको जनाइएको छ ।

‘तपस्या’ न्यून २४ टेलिभिजन तथा ई २४ युट्युब च्यानलमार्फत प्रसारण हुने भएको छ । सिरियलको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । ट्रेलरमा पारिवारिक सम्बन्ध, संघर्ष र भावनात्मक अवस्थालाई केन्द्रमा राखिएका दृश्यहरू देखाइएको छ ।

जीवन शाहीको कथा, पटकथा तथा निर्देशनमा तयार भएको सिरियलमा विनोद श्रेष्ठ, स्वनिका बस्तोल, ओसिन भट्टराई, रोशनी सापकोटा, सरु बराल, योगेश घिमिरे, सुजन क्षेत्री, राजेश राजथला र कपिल मुखियालगायत कलाकारको अभिनय रहेको छ ।

सिरियलको मेकअप तथा हेयर मेघा शाही सापकोटाले सम्हालेकी छन् भने छायांकन तथा सम्पादन प्रवेश पोखरेलले गरेका छन् । स्थिर फोटोग्राफी ईश्वर बल्लभ उप्रेतीले गरेका छन् । व्यवस्थापन प्रमुख तथा प्रचारप्रसार डिजाइनको जिम्मेवारी विश्वराम खड्काले सम्हालेका छन् ।

सामाजिक तथा पारिवारिक सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको मुख्य आधार बनाइएको ‘तपस्या’ असोज २४ गतेदेखि दर्शकमाझ आउने तयारीमा छ । टेलिभिजनसँगै युट्युबमार्फत पनि सिरियल उपलब्ध हुने भएकाले दर्शकले आफ्नो सुविधाअनुसार सिरियल हेर्न सक्नेछन् ।


शुक्रबार, १६ असोज २०८३
सम्बन्धित समाचार
Go