logo

२०८३ कार्तिक ७ शुक्रबार

‘मलाई बाँच्न दिनुस्’ भन्दै एलिना चौहानको कडा आक्रोश, विगत नकोट्याउन मिडियालाई आग्रह

‘मलाई बाँच्न दिनुस्’ भन्दै एलिना चौहानको कडा आक्रोश, विगत नकोट्याउन मिडियालाई आग्रह

  • kollywood 1
  • शनिबार, १७ असोज २०८३
299
SHARES
‘मलाई बाँच्न दिनुस्’ भन्दै एलिना चौहानको कडा आक्रोश, विगत नकोट्याउन मिडियालाई आग्रह

गायिका एलिना चौहानले आफ्नो निजी जीवन र विगतका सम्बन्धलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेको निरन्तर चर्चाप्रति कडा आपत्ति जनाएकी छन्। विशेषगरी विष्णु सापकोटासँगको विवाह र त्यसपछि भएको सम्बन्धविच्छेदलाई पटक–पटक समाचार तथा सामाजिक सञ्जालका सामग्रीमा जोडिएको भन्दै चौहानले मिडियाकर्मीलाई आफ्नो वर्तमान जीवनमा बाँच्न दिन आग्रह गरेकी छन्।

फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै चौहानले आफूले विगतका पीडालाई बिर्सेर जीवनमा धेरै अगाडि बढिसकेको बताएकी छन्। तर, हरेकपटक पुराना घटनासँग जोडेर समाचार बनाउँदा आफूले भोगेका पुराना पीडा फेरि बल्झिने उनको भनाइ छ। उनले आफूले कल्पनासम्म नगरेका विषयसमेत समाचारमा देख्ने गरेको उल्लेख गर्दै आफ्नो व्यक्तिगत जीवनलाई अनावश्यक रूपमा चर्चाको विषय नबनाउन आग्रह गरेकी छन्।

चौहानले विगत आफ्नो जीवनको एउटा अध्याय मात्र भएको र त्यसलाई आफ्नो सम्पूर्ण परिचयका रूपमा प्रस्तुत गर्न नहुने बताएकी छन्। उनले पुराना फोटो तथा सम्बन्धका प्रसंगलाई बारम्बार समाचारमा ल्याएर आफ्नो वर्तमान परिचयमाथि प्रश्न उठाउने काम नगर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेकी छन्।

आफ्नो पहिचान बनाउन आफूलाई कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको भन्दै चौहानले आफूले आफ्नै मेहनत र पहिचानबाट अघि बढिरहेको स्पष्ट पारेकी छन्। उनले आफ्नो विगतलाई सम्मानपूर्वक बन्द गरेर वर्तमान र भविष्यतर्फ अघि बढ्न चाहेको संकेत गरेकी छन्।

साथै, आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्‍याउने किसिमका समाचार र सामग्री निरन्तर प्रकाशित वा प्रसारित भइरहे सम्बन्धित मिडिया तथा व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कानुनी उपचारमा जाने चेतावनीसमेत चौहानले दिएकी छन्। पछिल्लो प्रतिक्रियामार्फत उनले आफ्नो निजी जीवनप्रति सम्मान र जिम्मेवार पत्रकारिताको अपेक्षा गरेकी छन्।


शनिबार, १७ असोज २०८३
सम्बन्धित समाचार
Go