logo

२०८३ कार्तिक ७ शुक्रबार

‘दृश्यम ३ को भारतीय बक्स अफिसमा जबरजस्त सुरुवात

‘दृश्यम ३ को भारतीय बक्स अफिसमा जबरजस्त सुरुवात

182
SHARES
‘दृश्यम ३ को भारतीय बक्स अफिसमा जबरजस्त सुरुवात

बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘दृश्यम ३ : द कन्क्लूजन’ले रिलिजको पहिलो दिनमै भारतीय बक्स अफिसमा जबरजस्त सुरुवात गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन भारतमा ६६ करोड ७५ लाख रुपैयाँ नेट कलेक्सन गर्दै वर्षकै दोस्रो ठूलो ओपनिङ हात पारेको हो ।

अभिषेक पाठक निर्देशित फिल्मले अजय देवगनको व्यक्तिगत करिअरमै सबैभन्दा ठूलो ओपनिङको रेकर्डसमेत बनाएको छ । भारतबाहेक विदेशी बजारमा पनि फिल्मको प्रदर्शन उत्साहजनक देखिएको छ । ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले विदेशबाट १५ करोड रुपैयाँ ग्रस कमाएको छ ।

पहिलो दिन भारतमा ८० करोड १० लाख रुपैयाँ ग्रस र विदेशबाट १५ करोड ग्रससहित फिल्मको विश्वव्यापी ग्रस कलेक्सन ९५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

‘दृश्यम ३’ले ओपनिङ कलेक्सनमा बलिउडका केही ठूला हिट फिल्मलाई समेत उछिनेको छ । फिल्मले शाहरुख खानको ‘पठान’को ५७ करोड, रणवीर कपूरको ‘एनिमल’को ६३ करोड, राजकुमार राव स्टारर ‘स्त्री २’को ५१ करोड ८० लाख, सलमान खानको ‘टाइगर ३’को ४४ करोड ५० लाख, सनी देओलको ‘गदर २’को ४० करोड तथा रणवीर कपूरको ‘धुरन्धर’को ३० करोडको ओपनिङलाई पछि पारेको छ ।

पहिलो दिनको बलियो व्यापारसँगै विकेन्डमा फिल्मको कलेक्सन थप उकालो लाग्ने अनुमान गरिएको छ । ट्रेड विश्लेषकहरूले यही गतिमा व्यापार कायम रहे ‘दृश्यम ३’ अजय देवगनको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्न सक्ने आकलन गरेका छन् । हालसम्म उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘तान्हाजीः द अनसंग वारियर’ हो, जसले भारतीय बक्स अफिसमा ३६१ करोड रुपैयाँ कमाएको थियो ।

करिब ११० करोड रुपैयाँको बजेटमा निर्माण भएको फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, कमलेश सावंत र सौरभ शुक्लालगायत कलाकारको अभिनय छ ।

फिल्मलाई दर्शक तथा समीक्षकबाट अघिल्ला दुई श्रृंखलाभन्दा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ । ‘दृश्यम’ फ्रेन्चाइजको तेस्रो तथा अन्तिम श्रृंखलाका रूपमा प्रस्तुत गरिएको फिल्मले पहिलो दिनकै व्यापारबाट बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।


आइतबार, १८ असोज २०८३
सम्बन्धित समाचार
Go