logo

२०८३ कार्तिक ९ आइतबार

‘अक्षरा’को नयाँ गीत ‘भाग्यले हो कि’ सार्वजनिक

‘अक्षरा’को नयाँ गीत ‘भाग्यले हो कि’ सार्वजनिक

208
SHARES
‘अक्षरा’को नयाँ गीत ‘भाग्यले हो कि’ सार्वजनिक

यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को नयाँ गीत ‘भाग्यले हो कि’ सार्वजनिक गरिएको छ । वियोगान्त भाव बोकेको गीतमा रचना रिमालको स्वर, सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ ।

गीतले जीवनप्रति निराश बनेकी एक महिलाको भावनात्मक अवस्थालाई चित्रण गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री न्यान्सी खड्काको वैवाहिक जीवनमा देखिएका उतारचढावलाई प्रस्तुत गरिएको छ ।

विवाहपछि पनि सिन्दूर र चुरा लगाउन नपाउँदाको पीडा तथा त्यसले निम्त्याएको भावनात्मक संघर्ष न्यान्सीको पात्रमार्फत देखाइएको छ । भिडियोमा सुशील सिटौला र रिस्ता बस्नेतलाई समेत देख्न सकिन्छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का र प्रीसा ढुङ्गानालगायत कलाकारको अभिनय छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन् ।

फिल्मको कथा उग्रसेन ढुङ्गानाको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र विनयराज पौडेलले तयार पारेका हुन् । कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको फिल्म असोज २३ गतेबाट प्रदर्शनमा आउनेछ ।


बिहिबार, २२ असोज २०८३
सम्बन्धित समाचार
Go