आगामी भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘सिरी सिरी’ बोलको गीतमा सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको छ भने नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत रहेको छ । गीतमा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ ।
यो गीत रोमानियामा खिचिएको हो ।
जानुका थापाले निर्माण गरेको यो फिल्मलाइ मिलन चाम्सले निर्देशन गरेका हुन । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय रहेको छ ।
फिल्ममा सुदिप बरालको डीओपी,मिलन श्रेष्ठको सम्पादन,हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd