logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट

    ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट

    195
    SHARES
    ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

    युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

    सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए । केही सदस्यको आँखामा आँसुसमेत देखिएको थियो ।

    “धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली सिनेमा हेर्न पायौं । केही दृश्यहरू यस्ता थिए, जसले मन छोयो । आँसु रोक्न सकिएन,” सेन्सर बोर्डका एक सदस्यले भने ।

    ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाले घर र डेराको कथा भन्नेछ ।

    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

    चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

    कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।


    मंगलबार, ३० बैशाख २०८२
    सम्बन्धित समाचार
    Go