logo

२०८३ भाद्र ७ आइतबार

भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म मास्टर्नी’को ट्रेलर सार्वजनिक

भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म मास्टर्नी’को ट्रेलर सार्वजनिक

  • Pradip
  • बिहिबार, २१ साउन २०८३
390
SHARES
भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म मास्टर्नी’को ट्रेलर सार्वजनिक

आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र *‘मास्टर्नी’*को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । अपराध, थ्रिलर र हत्या रहस्यमा आधारित चलचित्रको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ ।



चलचित्रको निर्देशन सुभेन्दु घोषले गरेका हुन् । कथा प्रियंका कार्की जोशीको रहेको छ । पटकथा प्रियंका कार्की जोशी र शान बस्न्यातले तयार गरेका हुन् ।
फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, विशाल पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्की हुन् । रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको चलचित्रको छायांकन युवराज इन्डोरियाले गरेका छन् । सम्पादन राज सिंह सिद्धुले गरेका छन् ।

आयांका फिल्म्सको प्रस्तुति रहेको *मास्टर्नी’को ट्रेलरमा शान्त देखिने पात्रले योजनाबद्ध रूपमा घातक खेल रच्ने कथावस्तुको संकेत गरिएको छ । सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकको अपेक्षा थप बढाएको छ ।


बिहिबार, २१ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go