logo

२०८३ असोज ३० शुक्रबार

आफ्ना सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन अभिभावकलाई सुझाव

आफ्ना सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन अभिभावकलाई सुझाव

156
SHARES
आफ्ना सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन अभिभावकलाई सुझाव

चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको सुरुवातसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले पारिवारिक सम्बन्ध र अभिभावकको त्यागलाई प्रस्तुत गर्ने प्रभावकारी कथाका रूपमा लिएका छन्।

चलचित्र हेरेपछि धेरै दर्शकले अभिभावकले आफ्ना सन्तानलाई यो चलचित्र देखाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अधिकार खोज्ने क्रममा आफ्ना दायित्व बिर्सने सन्तानका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिने उनीहरूको प्रतिक्रिया छ।

विशेषगरी बुबाआमाबाट टाढा रहेका सन्तानले चलचित्र हेर्नुपर्ने दर्शकको सुझाव छ। अभिभावकले समय निकालेर सन्तानसँगै ‘बाः एक योद्धा’ हेरेमा त्यसले पारिवारिक सम्बन्ध र जीवनप्रतिको बुझाइमा सकारात्मक प्रभाव पार्ने दर्शकको भनाइ छ।

चलचित्रको कथा सन्तानको भविष्य निर्माणका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीमा आधारित छ। सन्तानका इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने पीडासम्मका विषयलाई चलचित्रले कथामार्फत प्रस्तुत गरेको छ।

‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा र पटकथा पनि निर्देशक लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।


शनिबार, १० असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go