logo

२०८३ कार्तिक ७ शुक्रबार

शुक्रबारदेखि ‘अक्षरा’ प्रदर्शनमा

शुक्रबारदेखि ‘अक्षरा’ प्रदर्शनमा

  • kollywood 1
  • शुक्रबार, २३ असोज २०८३
247
SHARES
शुक्रबारदेखि ‘अक्षरा’ प्रदर्शनमा

दशैँको माहोलसँगै नेपाली सिनेमा हलमा आज शुक्रबार देखि अक्षरा’  प्रदर्शनमा आएको छ । ‘अक्षरा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म हो । विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का मुख्य भूमिकामा छिन् । फिल्मले छोरीको इच्छा र परिवारको निर्णयबीचको द्वन्द्व, विवाहपछि उत्पन्न हुने पारिवारिक समस्या तथा सम्बन्धमा आउने उतारचढावलाई कथामा समेटेको छ । फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

फिल्म प्रदर्शनअघि सार्वजनिक गरिएको ‘भाग्यले होकी’ गीतले पनि ‘अक्षरा’को भावनात्मक पक्षलाई दर्शकमाझ पुर्‍याएको छ । रचना रिमालको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ ।

 


शुक्रबार, २३ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go