दशैँ नजिकिएसँगै नेपाली चलचित्र क्षेत्रमा अभिनेता दीपकराज गिरी र नायक विराज भट्टका छोरा समीर भट्टबीचको बक्स अफिस प्रतिस्पर्धाको चर्चा फेरि सुरु भएको छ । यस वर्ष दीपकराज गिरीको समूहले ‘छ माया छपक्कै २’ र विराज तथा समीर भट्टको समूहले ‘१२ गाउँ २’ मार्फत दर्शकमाझ आउने तयारी गरेपछि प्रतिस्पर्धालाई चासोका साथ हेरिएको हो ।
यसअघि २०८१ सालको दशैँमा पनि यी दुई पक्षका चलचित्रबीच प्रतिस्पर्धा भएको थियो । दुवै चलचित्रले राम्रो व्यापार गरे पनि त्यसबेला प्रचारप्रसार र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपले चर्चा पाएको थियो । दीपकले चलचित्रको कुप्रचार गर्न साइबर समूह परिचालन गरिएको आरोप लगाएका थिए भने निर्देशक सन्तोष सेनले भिडियोमार्फत त्यसको प्रतिवाद गरेका थिए ।
समीर भट्टलाई केन्द्रमा राखेर चलचित्र निर्माण तथा प्रचार गर्ने विषयलाई लिएर दीपक र सन्तोषबीच विवाद भएको चर्चा पनि चलेको थियो । यही घटनाक्रमपछि दीपकले अघिल्लो वर्षको दशैँमा चलचित्र नल्याएको बताइएको थियो ।
यस वर्ष ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को प्रतिस्पर्धाले नेपाली चलचित्र बजारमा फेरि नयाँ बहस सिर्जना गरेको छ । अब दर्शकको रोजाइ, चलचित्रको विषयवस्तु, प्रचारशैली र बक्स अफिसको परिणामले कसको पक्ष बलियो हुन्छ भन्ने निर्धारण गर्नेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd