logo

२०८३ कार्तिक ५ बुधबार

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

143
SHARES
‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा तीन करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चलचित्रले आइतबारसम्म तीन करोड पाँच लाख २२ हजार ५०२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यस अवधिमा एक लाख सात हजार ५३३ जना दर्शकले चलचित्र हेरेका छन् । अहिले पनि चलचित्रले हलमा राम्रो अकुपेन्सी कायम राखेको जनाइएको छ ।

प्रदर्शनको सुरुवाती दिनमा अपेक्षाकृत सुस्त देखिएको चलचित्रले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै व्यापारमा गति लिएको थियो । प्रदर्शनको १० दिनमा एक करोड ९३ लाख छ हजार ४६५ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले त्यसपछि पनि आफ्नो कमाइ बढाउँदै लगेको हो ।

‘बाः एक योद्धा’ले नेपाली समाजमा बाबुले सन्तानको भविष्य निर्माणका लागि गर्ने त्याग, संघर्ष र समर्पणको कथा प्रस्तुत गरेको छ । सन्तानका सपना पूरा गर्न अभिभावकले जीवनभर गर्ने संघर्षसँगै वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडालाई चलचित्रले भावनात्मक रूपमा उठाएको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक हरि लम्साल हुन् । चलचित्रको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका हुन् ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन् ।


सोमबार, २६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go