logo

२०८३ कार्तिक ५ बुधबार

अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

143
SHARES
अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

नेपाली चलचित्र ‘गौथली’ले अन्तर्राष्ट्रिय मञ्चमा अर्को उपलब्धि थपेको छ । चलचित्रका निर्देशक डा. कपिल रिजाल फ्रान्समा आयोजित RED Movie Awards 2026 को Autumn Edition अन्तर्गत ‘Best Director (Man)’ विधामा विजेता बनेका छन् ।

अवार्डको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको अन्तिम विजेता सूचीअनुसार डा. रिजालले चलचित्र ‘गौथली’मार्फत उक्त सम्मान प्राप्त गरेका हुन् । उनको यो उपलब्धिलाई नेपाली चलचित्रको सिर्जनात्मक क्षमता र अन्तर्राष्ट्रिय पहिचान विस्तारको दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

अन्तर्राष्ट्रिय अवार्डमा प्राप्त यो सफलताले निर्देशक रिजालको कामलाई थप चिनाउनुका साथै नेपाली चलचित्रलाई विश्वमाझ पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली कथावस्तु र सिर्जनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ स्थापित गर्ने प्रयासमा यस उपलब्धिले थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।

यस सफलतापछि निर्देशक रिजाललाई परिवारका सदस्य, आफन्त, शुभचिन्तक तथा चलचित्रप्रेमीहरूले बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट काम र थप अन्तर्राष्ट्रिय सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन् । ‘गौथली’लाई माया र साथ दिने दर्शकप्रति पनि आभार प्रकट गरिएको छ ।

‘गौथली’ले प्राप्त गरेको यो सम्मान एउटा अवार्डमा मात्र सीमित नभई नेपाली चलचित्रकर्मीको मेहनत, सिर्जनशीलता र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको प्रतिनिधित्व गर्ने उपलब्धिका रूपमा हेरिएको छ ।


सोमबार, २६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go