बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी–५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दयाहाङ राई तीन मैयासँग देखिएका छन् भने विपीन कार्कीको दमदार प्रवेशले कथाप्रति दर्शकको चासो थप बढाएको छ ।
ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा काजीको वैवाहिक जीवन, पारिवारिक उतारचढाव र सम्बन्धका नयाँ आयामलाई प्रस्तुत गरिएको छ । शान्ति मिसको धमाकेदार प्रवेशसँगै कथामा थप रोचकता देखाइएको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।
‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला व्यावसायिक रूपमा सफल भएपछि पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ । बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । नयाँ कथावस्तु, पुराना पात्र र नयाँ ट्विस्टले यसपटकको ‘कबड्डी’ ले बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd