logo

२०८३ कार्तिक ५ बुधबार

‘छक्का पञ्जा’को एउटा दृश्यले विदेशबाट गाली खान्छन् दीपकराज गिरी

‘छक्का पञ्जा’को एउटा दृश्यले विदेशबाट गाली खान्छन् दीपकराज गिरी

  • kollywood 1
  • मंगलबार, २७ असोज २०८३
104
SHARES
‘छक्का पञ्जा’को एउटा दृश्यले विदेशबाट गाली खान्छन् दीपकराज गिरी

नेपाली चलचित्र ‘छक्का पञ्जा’मा साथीकी श्रीमतीसँग रोमान्स गरेको दृश्यका कारण अभिनेता दीपकराज गिरीले विदेशमा रहेका नेपालीबाट समेत गाली खानुपर्ने गरेको बताएका छन् ।

चलचित्रमा दीपकराज र अभिनेत्री वर्षा राउतबीच देखाइएको रोमान्टिक दृश्य तथा यौन आशयको संवादले दर्शकबीच चर्चा पाएको थियो । यही दृश्यका कारण विशेषगरी विदेशमा रहेका विवाहित पुरुषले आफूलाई गाली गर्ने गरेको दीपकको भनाइ छ ।

दीपकका अनुसार विवाहपछि श्रीमान् विदेश जाने र श्रीमती नेपालमै रहने परिस्थितिले कतिपय व्यक्तिमा असुरक्षा तथा शंका पैदा हुन सक्छ । त्यस्ता व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध गाँस्ने काल्पनिक पात्रका रूपमा आफूलाई सम्झेर गाली गर्ने गरेको उनले बताएका छन् ।

‘श्रीमतीको ब्वाइफ्रेन्ड देखेको छैन । ब्वाइफ्रेन्डमा मलाई कल्पना गर्दो रहेछ अनि मलाई गाली गर्दो रहेछ,’ दीपकले भनेका छन् ।

यद्यपि, दर्शकले चलचित्रको पात्रलाई वास्तविक जीवनसँग जोडेर प्रतिक्रिया दिनुलाई उनले आफ्नो अभिनयको प्रभावका रूपमा लिएका छन् । ‘मैले प्रभावकारी काम गरेको रहेछु,’ दीपकको भनाइ छ ।

चलचित्रमा प्रस्तुत दृश्य र संवादले दर्शकमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई दीपकको अनुभवले फेरि चर्चामा ल्याएको छ ।


मंगलबार, २७ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go